केपी शर्मा ओलीमा क्षमता शासकीय भएन -प्रवक्ता शर्मा

Avatar photo
Dhadingpost
मंसिर २५, २०७५

काठमाडौं मंसिर २५ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता नभएको निष्कर्ष निकालेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीमा शासकीय क्षमता नभएको बताएका हुन् ।

राजनीतिक रुपमा सरकार बलियो भएपनि शासकीय रुपमा कमजोर रहेको भन्दै शर्माले सुनियोजित रुपमा शिक्षामा जनवादीकरण गरेर माक्र्सवाद पढाउने षडयन्त्र भइरहेको आरोप समेत लगाएका थिए ।

महासमिति बैठकबारे जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले बैठकमा करिब एक हजार ३०० जना प्रतिनिधि सहभागी हुने र करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी गराएका थिए ।