धादिङबाट एकल उम्मेदवार दिपेन्द्र जम्कटेल

Avatar photo
Dhadingpost
मंसिर २५, २०७५

धादिङ मंसिर २५ । धादिङ जिल्लाको नै प्रतिनीधित्व रहने गरि नेपाल ईन्जिनियरिङ एसोसिएसनको केन्द्रिय सदस्य पदका लागि धादिङवाट दिपेन्द्र जम्कटेलले उम्मेदवारी दिएका छन् ।

यहि मंसिर २८ गते हुन गइरहेको नेपाल इन्जिनियरिङ एसोसिएसन नेपालको ३२ औ निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवारी परे पनि केन्द्रिय सदस्यका लागि धादिङ जिल्लाको एक मात्र उम्मेदवार जम्कट्टेल रहेका छन् ।

आफुले चुनाब जितेसी सम्पुर्ण इन्जिनियरिङहरुको हकहितको लागि उदाहरणिय काम गरेर देखाउने बताउँ छन् ।
चुनावमा नेकपा निकट मानिएको प्रोग्रेसिभ एसोसिएसन नेपालको प्यानलबाट जमकट्टेले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् ।

दीपेन्द्र जम्कटेलको राजनीति जीवन

२०५९ सालदेखी राजनीति मा होमिएका जम्कटेल २०५९ सालमा बिद्यालय इकार्इ कमिटीको अध्यक्ष बने भने , २०६५ सालमा काठमाडौ इन्जिनियरिङ कलेज कालिमाटीका अखिल (क्रान्तिकारी) अध्यक्ष बने, त्यसैगरि २०६९ सालमा अखिल (क्रान्तिकारी) कै प्राविधिक विशेष जिल्लाको उपाध्यक्ष बनेका जम्कटेल २०७३ सालमा नियोनको केन्द्रिय सदस्य बनेका थिए ।

अहिले नेकपा निकट प्रोग्रेसिभ इन्जिनियरिङमा केन्द्रिय सदस्य बन्दै प्रोग्रेसिभ बाटै नै नेपाल इन्जिनियरिङ एसोसिएसनमा केन्द्रिय सदस्यको उम्मेद्बारी दिएका छन् ।