
संजय देवकाेटा
धादिङ मंसिर २१ । गणेश हिमाल क्याम्पस धादिङको दोस्रो दिक्षान्त समारोह तथा स्वागत कार्यक्रम आज सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा आयोजित समारोहको प्रमुख आतिथ्यता प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो ।
दिक्षान्त कार्यक्रममा सम्वाेधन गर्दै प्रमुख अतिथि लाेहनिले धादिङको शैक्षिक विकासमा धादिङ बाेर्डिङ र गणेश हिमाल क्याम्पसले महत्वपुर्ण भुमिका खेलेकाे बताए ।
यस्तै शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख शिव रेग्मी, नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमला, नीलकण्ठ नगरपालिका वडा नं. ३ का अध्यक्ष होमनाथ रिजाल लगायतको विशेष आतिथ्यता रहेको थियो ।

शिक्षा, व्यवस्थापन र कानुन विषयमा पठन पाठन भएको धादिङको नीजि क्षेत्रबाट सञ्चालित क्याम्पस गणेश हिमाल क्याम्पसमा यही शैक्षिक सत्रबाट कानुन संकाय पनि समावेश गरेपछि विद्यार्थीको चाप बढ्दो रहेको क्याम्पस प्रमुख ईश्वरी पाण्डेले बताए ।
कार्यक्रममा कक्षा ११ स्नातक तह प्रथम वर्षमा कानून, शिक्षा र व्यवस्थापन संकायमा करिब १९० विद्यार्थीहरुलाई स्वागत गरिएको थियो भने स्नातक तह अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो ।
