
सन्दिप तामाङ
धादिङ मंसिर २१ । नयाँ शक्ति नेपालको ‘पाँच महिना, पाँच काम र पाँच परिणाम’ अभियान सुरु भएकाे छ ।
नयाँ शक्ति पार्टी नेपाल धादिङले ‘पाँच महिना, पाँच काम र पाँच परिणाम’ भन्ने अभियानका साथ संगठन विस्तारको कामलाई अगाडि बढाउन शुक्रबार देखि अभियान सुरु गरेकाे हाे ।
राजनीतिक दलहरूको बीचमा पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने योजनाका साथ अभियान सञ्चालन गरिएको एक नेताले जानकारी दिनुभयो ।
नयाँ शक्ति नेपाल धादिङका संयोजक वीर बहादुर तामाङ अध्यक्षतामा बसेको वैठकको प्रमुख आतिथ्यता नयाँ शक्ति नेपालका ३ नं. प्रदेश इन्चार्ज सोनमसिंह स्याङ्तानले गरेेेेका थिए ।
यस्तै पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा नयाँ शक्ति नोपल केन्द्रीय महिला विभाग संयोजक कल्पना धमलाको उक्त अभियान संचालन सम्बन्धि वैठकमा विशेष आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा पार्टीको जिल्ला अधिवेशन र सदस्यता नविकरण लगायतका विषयहरुमा निर्णय गरेको छ । कार्यक्रममा वेनिघाट रोराङ गाउँ पालिकाका नेकपा सम्बद्ध ६ जना नेता कार्यकर्ता नयाँ शक्ति पार्टीमा प्रवेश गरेको छन् ।
