
धादिङ मंसिर १९ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको भातृ संगठन अखिल क्रान्तिकारीले कम्युनिष्ट विद्यार्थी अभियान –२०७५ उद्घाटन गरेको छ ।
क्रान्तिकारीको उक्त कमाण्ड स्तरीय अभियान मंगलबार एकै पटक ४ वटै कमाण्डमा नेकपाका पोलिट ब्यूरो सदस्यहरुले उद्घाटन गरेका हुन् ।
कम्युनिस्ट आतङ्क बढ्यो, अब युवा विद्यार्थी गाउँ गाउँ जानुहोस् भनेर चिनमा माओले पनि यो अभियान प्रभावकारि ढंगले संचालन गरेका थिए । नेपालमा पनि कम्युनिष्टका नाममा गैर कम्युनिष्टहरुले आतंक मच्चाउन सुरु भएकोले यो अभियान संचालन गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अटलले बताए ।

उनले भने, कम्युनिष्ट विचारबाट विचलन भएका, कम्युनिष्ट आचरण त्यागेकाहरुको कम्युनिष्ट आतङ्क बढी भयो, अब कम्युनिष्ट दर्शन व्यवहार जनतालाई बुझाउन आतङ्क मच्चाउनेहरुको भण्डाफोर गर्न हामी गाउँ-गाउँ जान लागेका हौं ।
नक्कली कम्युनिस्टहरुको भन्डाफोर गर्ने, निजि शिक्षालार्इ राष्ट्रियकरण र सरकारी शिक्षालाइ गुणस्तरिय बनाउने हाम्रो अभियानलाई अब जनस्तरमा लादै छौं । नक्कलीहरुको अब जनस्तरबाटै भण्डाफोर हुने छ केन्द्रिय सदस्य अटलले भने ।
