
धादिङ मंसिर १५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा शुक्रबार देखि सुरुभएको कृषि, पर्यटन तथा औद्योगिक मेलामा दक्षिण एशिया कै ठुलो गुफाको प्रचार प्रसार गरिएको छ ।
बेनिघाट रोराङ गाउँपालिका ८ स्थित घाङवाङ गाउँमा रहेको एउटा रहस्य मय नोहक गुफा अहिले सम्म पत्ता लागेको गुफा मध्य दक्षिण एशिया कै ठुलो गुफाको रुपमा परिचित छ ।
पर्यटन प्रवद्र्धका दृष्टिकोले पछाडी परेको उक्त गुफालाई प्रचार प्रसार र प्रवर्धनका विशेष योजना नै बनाएको छ ।
पृथ्वी राजमार्गको चरौंदी देखि गोठी भञ्ज्याङ् सम्म १५ किलोमिटर कच्ची माटर बाटो र त्यपछि ३ घण्टाको पैदल दुरीमा पुगिने नोहक गुफा भित्र ४ घण्टा घुम्न सकिन्छ । महोत्सव कै अवधिमा नोहक गुफा अवलोकनको समेत कार्यक्रम रहेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले बताए । (तस्वीरः पत्रकार केशव अधिकारी)
