धादिङ मंसिर १३ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंसिर १६ गते धादिङबेसीमा विरोध प्रदर्शन गर्ने भएको छ ।
नेकपा धादिङका सेक्रटरी बुद्धले बिहिबार एक विज्ञप्ती प्रकाशित गरि मंसिर १६ गते धादिङबेसी सदरमुकाममा हुन गहिरहेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक नगर्ने सरकारको विरुद्ध हुने विरोध प्रदर्शनमा सहभागि जनाउन आग्रह गरेका छन् ।
उनले विज्ञप्ती मार्फत मंसिर ८ गते काठमाडौ भृकुटीमण्डपमा भएको जनसभामा आर्थिक र भौतिक सहयोग गर्ने उद्योगी, व्यवसायी, कर्मचारी संघ संस्थाहरु सबैलाई धन्यावाद दिदै मंसिर १६ गते सदरमुकाममा हुने विरोध प्रर्दशनमा सहभागी हुन समेत आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सरकारकै संलग्नता रहेको भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गदै बताएका थिए ।
प्रकाण्डको यो भाषण पछि विप्लव नेतृत्वको नेकपाले धादिङबेसीमा गर्न लागेको विरोध प्रर्दशन शान्तिपूर्ण हुने सर्वसाधारण, निमर्लाको हत्याराको खोजिमा रहेका न्याय प्रेमीहरु सहभागी हुने धादिङका सेक्रेटरी बुद्धले धादिङपोष्टलाई बताए ।
