
धादिङ मंसिर ११ । देश ठुला मिडिया हाउसहरु र काठमाडौं सहित ठुला शहरहमा ठुलै वजेट खर्च गरेर सरकारले सोमबार सामाजिक सुरक्षा कार्यक्रम’ को प्रचार गरेको छ ।
मंगलबार नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक भव्य कार्यक्रमको बीचमा उक्त ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागुभएको घोषणा गर्दै छन् ।
निजी क्षेत्रका कम्तिमा ३५ लाख श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागू गरिएका श्रम मन्त्रालयले जनाएको छ ।
के हो ? सामाजिक सुरक्षा कार्यक्रम
निजी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरणको व्यवस्था सहित ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा असक्तता र आश्रीत परिवार सुरक्षा योजना ।
सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नुपर्ने छ । कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको छ ।
अर्थ मन्त्रालयले सामाजिक क्षेत्रका सम्पूर्ण कामदारको मासिक तलवबाट एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ ।
यो योजना तत्काल उद्योग/प्रतिष्ठानका कार्यरत श्रमिमले कोषमा नियमित रुपमा तलवबाट निश्चित रकम जम्मा गरी सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने पाउने छन् ।
वृद्ध अवस्थामा सुरक्षा योजनाअन्तर्गत कोषमा योगदान गर्ने श्रमिकले ६० वर्ष कटेपछि निवृत्तिभरण वा एकमुण्ठ रकम बुझ्ने पाउने व्यवस्था गरिएको छ
।
१५ वर्षसम्म निरन्तर योगदान गरेका श्रमिकले यस्तो सुविधा पाउने छन् । त्यसका लागि एउटै रोजगारदातासँग श्रम गर्नु भने पर्दैन ।
कोषमा रोजगारदाताले श्रमिमको आधारभूत पारिश्रमिमको १० प्रतिशत सञ्चयकोष वापत र ८ दशमलव ३३ प्रतिशत उपदानवापत समेत गरी जम्मा १८ दशमलव ३३ प्रतिशत रकम र श्रमिकले सञ्जयकोषवापत गर्ने १० प्रतिशत योगदान गरी जम्मा २८ दशमलव ३३ प्रतिशत रकमबाट वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिने छ ।
