
धादिङ मंसिर १० । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले काठमाडौमा गरेको आम सभामा धादिङबाट हजारौ जना सहभागि भएका छन् ।
आन्दोलको क्षेत्र अन्तरगत धादिङ जिल्लालाई कालिमाटी छुट्याईए बमोजिम धादिङका विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरु कालिमाटीमा तय गरिएको धादिङ लेखिएको व्यानरमा लामबद्ध भएका थिए । धादिङबाट लगिएको हजारौ कार्यकर्तालाई कालिमाटी भित्रि बजारमा खानाको प्रवन्ध गरिएको थियो ।
नेकपा धादिङका सेक्रेटरी बुद्धले धादिङमा विप्लव कार्यकर्ता को छ ? भन्ने दलाल प्रतिक्रिवादीहरुले यस जुलुसलाई हेरे पुग्ने धादिङपोष्ट सँग कुरा गर्दै बताए ।
हामी बाटोमा हुन सम्ने बाधा अड्चनहरुको ख्याल गर्दै बिहानै सबै क्षेत्रबाट गाडी व्यवस्थापन गरेका थियौं, राजमार्ग क्षेत्रका समर्थक सुभचिन्तक वा कार्यकर्ताहरुलाई यात्रुबहाक गाडी प्रयोग गर्न लगाएका थियौ भने ग्रामिण क्षेत्रमा गाडीको व्यवस्था गरेका थियौं उनले भने ।
कालिबाटी बाट निस्केको धादिङको जुलुस भृकटी मन्डप पुगेर सभामा सहभागि भएको थियो सभमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले । ओली सरकारले हामीलार्इ प्रतिवन्ध लगाएर फाँसिवादको अभ्यास गर्न खोजिरहेको छ, यस्तो दुश्प्रयास जनताको बलबाट उनीहरूलार्इ पनि प्रतिवन्ध लगाईने चेतावनी दिएका थिए ।
