बाग्लुङ, मंसिर ६ । जयमिनी नगरपालिका–१० दवलधारा बस्ने ६० वर्षीय कर्णबहादुर लाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै ९० वर्षीया आमा हरिकला श्रीसको दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको कारणले कर्णबहादुरले दाउरा प्रहार गर्दा गरिकलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
