नेकपा धादिङले मंसिर ८ मा हुने कार्यक्रमको तयारी तिब्र पार्यो

Avatar photo
Dhadingpost
कार्तिक २९, २०७५

धादिङ कार्तिक २९ । विप्लव नेतृत्वको नेकपा धादिङले मंसीर ८ को विशाल जनसभाका लागि तयारी तिब्र पारेको छ ।

धादिङका सबै गाउँपालिकामा प्रचार प्रसारलाई तिब्रता दिएका छौ, ८ गतेको कार्यक्रममा धादिङबाट २० हजार भन्दा बढी काठमाडौ जाने जनताहरुलाई व्यवस्थापनमा समेत जुटेको नेकपा धादिङका एक नेताले धादिङपोष्टलाई बताए ।

खुल्ला मन्चमा हुने कार्यक्रमको पर्चा टास्दै गरेको विप्लव नेतृत्वको नेकपा कार्यकर्तालाई अन्य जिल्लामा प्रहरीले धर पकड गरे पनि धादिङमा भने समान्य अवस्थामै पर्चा बाड्ने, वाल पेन्टिङ गर्ने गरेका छन् ।

हामी खुल्ला रुपमा जनताकोमा छौ जनताको साथ भएसी दलालका मतियारहरु नतमस्तक हुने छन् । देशमा कहालि लाग्दो आर्थिक मन्दी, भ्रष्टचार, महंगी सँगै स्थानिय राजा रजौटाहरुको उदय भए सँगै आफुहरुको पक्षमा जनताको अपार समर्थन रहेको धादिङका जिल्ला सेक्रेटरी बुद्धले बताए ।