धादिङको मालेबगर बत्तीमुनिको अध्यारो हुन दिन्नौँ -भण्डारी

Avatar photo
Dhadingpost
कार्तिक २५, २०७५

धादिङ कार्तिक २५ । लाई बत्तीमुनीको अध्यारो हुन नेदिने नेकपा धादिङका नेता रामबहादुर भण्डारीले घोषणा गरेका छन् ।

तिहार र छठ पर्वको अवसरमा मालेबगर स्थित स्मार्ट युवा क्लवले आयोजना गरिको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा नेता भण्डारीले मालेबगरलाई विकासमा उपेक्षा गरेको पाईएकाले बत्तीमुनीको अध्यारो हुन नदिने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता भण्डारीले धादिङबेसी बजार क्षेत्रका अधिकाँस शाखा सडकहरु कालो पत्रे हुनु, सडक बत्ती र सिसि क्यामरा जडान गरिनु र खानेपानीको व्यवस्थापन गरिए पनि मालेबगरमा यी कुनै पनि विकास नभएको स्थानियहरुले गुनासो गरे सँगै भण्डारीले विकासमा उपेक्षित गर्न नदिने केन्द्र, प्रदेश र स्थानिय सरकार सँग समन्वय गरि आफ्नै पहलमा खानेपानी, सडक बत्ती, कालो पत्रे लगायतका कार्यहरु छिटो भन्दा छिटो पुर्याउन लागी पर्ने प्रतिबद्धता समेत गरे ।

क्लवका अध्यक्ष विमल तामाङका समापतित्वमा आयोजित उक्त कार्यक्रम मालेबगरका जेष्ठनागरीकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जन दिएका थिए ।