धादिङबेसी कार्तिक २२ । धादिङबेसी र गल्छी गाउँपालिकाको बैरेनीमा नेपाल सम्बत ११३९ अवसरमा विविध कार्यक्रमका आयोजना गरिएको छ ।
धादिङबेसीमा झिँगु नेवा समाज धादिङले नेपाल सम्बत ११३९ को अवसरमा विहिबार ८४ वर्ष पार गरेका जेष्ठ नागरीक सम्मान तथा झाँकी सहितको र्याली निकालेको थियो । धादिङबेसी पुछारबजारबाट निकालिएको र्यालीमा झिँगु नेवाः समाज धादिङको विशेष कला कौशल र रितिरिवाज झल्कने बाजा गाजा प्रदर्शनी गरिएको थियो ।
यसअधि कार्तिक २१ गते समाजले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण तथा कार्यक्रम प्रचार प्रसार गरेको थियो भने २१ गते समाजकै नेतृत्वमा जिल्ला सदरमुकाम भित्र रहेका टोल सुधार समितिहरुले सरसफाई गरेका थिए ।







