
धादिङ गंगाजमुना, कार्तिक २० । धादिङको गंगाजमुना गाउँपालिका अन्तरगत पर्ने बुढाथुममा पुरुष भलिबल प्रतियोगित सुरुभएको छ ।
गंगाजमुना वडा नं. ७ ले आयोजना गरेको उक्त भलिबल कार्तिक २१ गते सम्म संचालनहुने उक्त प्रतियोगितामा १२ टिम सहभागि रहेका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथमा सुरुभएको उक्त प्रतियोगितमा विजेतालाई नगद २५ हजार र उप विजेतालाई नगद १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको उक्त प्रतियोगिताका खेल प्रशिक्षक सोम श्रेष्ठले बताए ।
