धादिङमा विविध कार्यक्रमका साथ नेपाल सम्बत् मनाईदै

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७५

धादिङ कार्तिक १९ । धादिङबेसीमा विविध कार्यक्रमका साथ ११३९ औं नेपाल सम्बत् भव्य रुपमा मनाईने भएको छ ।

झिँगु नेवाः समाज धादिङको आयोजनामा हुन लागेकोउक्त कार्यक्रममा गाजा बाजा सहित र्याली, सबै जातजातीका जेष्ठ नागरिक सहितको सहभागितामा प्रभातफेरि, जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण, बजार क्षेत्र सरसफाईका जस्ता कार्यक्रम रहेको कार्यक्रम मुल समारोह समितिका संयोजक गोविन्दकुमार श्रेष्ठले बताए ।

संयोजक श्रेष्ठका अनुसार ११३९ औं नेपाल सम्बत्को अवसरमा कार्तिक २० गते बिहान ७ः३० बजे बिरामीलाई फलफुल वितरण, २१ गते बिहान बजार क्षेत्र सरसफाई र २२ गते बिहान ७ बजे धादिङबेसी पुछारबजारमा सगुन ग्रहण तथा ८४ वर्ष पुगेका सबै जातजातीका जेष्ठ नागरिकहरु सहभागि ई रिक्सा सहित प्रभात फेरि प्रारम्भ साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम हुने छ ।

कार्तिक २२ गते विहान हुने र्यालीमा झिँगु नेवाः समाजको विशेष कला कौशल र रितिरिवाज झल्कने बाजा गाजा प्रदर्शनी हुने समाजसेवी नारायण कुमार श्रेष्ठले बताए ।

(विगतको नेपाल सम्बतको अवसरमा भएका कार्यक्रमको धादिङपोष्टका लागि नारायण कुमार श्रेष्ठले उपलब्ध गराएका केहि तस्वीरहरु)