भुमि त्रिपाठीको आक्रोस: लिस्ट काण्डको अब अनुसन्धान सुरु

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७५

धादिङ कार्तिक ११ । धादिङमा केहि साता देखि दशै खर्च स्वरुप रकम बाँडिएको र बुझेको भन्ने सामाजिक संजालमा भाइरल बने सँगै धादिङ प्रदेश नं. १ का प्रतिनीधि सभा सदस्य भुमि त्रिपाठीले आफ्नो नाम पनि जोडिएकोले आक्रोस व्यक्त गरेका छन् ।

सामाजिक संजाल र केहि संचार माध्याममा धादिङका क्रसर व्यवसायीहरुले  भुमि त्रिपाठीले समेत समेत पैसा दिएको भन्ने भ्रामक समाचारहरु आएको भन्दै संसद त्रिपाठीले उक्त आरोप सत्य सावित भए आफु प्रतिनीधि सभा सदस्य पदबाट राजिनामा दिने समेत बताए ।

के हो लिस्ट ? कस्तो हो लिस्ट ? यो कसैको बदनाम गराउने मनासायले प्रेरित या साँचो हो अनुशन्धान गरिने समेत बताए ।

आफु सँग भएको सूचना दिएर अनुसन्धानलाई सहयोग गर्न समेत त्रिपाठीने माग गर्दै दोसी उपर कानुनी कावार्ही गरेरै छाडिने धादिङपोष्ठलाई बताए ।