बौद्धमार्गीहरूद्वारा वलिको विरोध (ञ्युङने) ब्रत सुरु

Avatar photo
Dhadingpost
कार्तिक १, २०७५

गोपाल फ्युबा तामाङ,
धादिङ खनियाबास कार्तिक १ ।
दशैं र म्हेनङ वा अन्य चाडपर्वको बहानामा बध गरिएका पशुपंक्षी वा अन्य निर्दोश प्राणीहरूको आत्माले चीरशान्ति पाओस् भनी खनियावास गाउॅपालिकाको पॉच स्थानमा सयौ जनाले ञ्युङने बसेका छन् ।

नेपाल अहिंशावादी बौद्ध धर्म चक्र संघको अगुवाइमा २८ जिल्ला अन्तर्गत ९१ स्थानमा हजारौले ञ्युङने ब्रत बसेको केन्द्रिय सदस्य तथा सो अभियानका सकृय अभियन्ता सूर्यमान तामाङले बताए । महायानी बौद्ध धर्मावलम्वीहरूले धर्मको नाममा वध गरिएका सम्पूर्ण पशुपंक्षीहरूको आत्माहरूले सुखवती भूवन प्राप्त गरोस् भनि ञ्युङने बस्ने गरिएको अभियन्ता तामाङले बताए ।

पल्मो-ल्हुकी-छ्योइको पे-च्या अन्तर्गत यस प्रकारको कठोर ब्रत बसेको हो । वर्षमा जेठ पूर्णिमा र असोज पूर्णिमा गरी दुईपटक २/२ दिन ञ्युङने बस्ने गरिएको छ । असोजको ञ्युङने दशैं र म्हेनङको अवसरमा बस्ने गरिन्छ ।

नेपाल अहिंशावादी बौद्ध धर्म चक्र संघले ञ्युङनेलाई बि सं २०३६ देखि व्यापकता दिन प्रचार प्रसार र प्रशिक्षणहरू दिदै आएको पाइन्छ ।
विश्वका अन्य मुलुकमा पनि ञ्युङनेको प्रचलन रहेको धनसुर वाइवाले बताउनु भयो ।

यस प्रकारको मत हिन्दु धर्म अन्तरगत कृष्णप्रणामीहरूमा पनि पाइन्छ । त्यस्तै तराइमा कण्ठी बॉधेर माछामासु बर्जित समेत गरिने चलन छ । हरेक धर्ममा उपवासद्वारा शारीरिक, मानसिक र आध्यात्मिक शुद्धिकरण गर्ने प्रकृया रहेको हुन्छ ।

नेपालमा पछिल्लो समय अहिंशाको पक्षमा वकालत गर्ने संख्या पनि बढिरहेको सन्दर्भमा बौद्धमार्गीहरूको ञ्युङने वलिको प्रतिकात्मक विरोधको रूपमा समेत बुझिनु आवश्यक छ ।

के हो त ञ्युङने ?

ञ्युङने भनेको खाना, पानी र संवादबाट समेत बर्जित गरिने एक कठिन उपवास हो । नेपाल अहिंशावादी बौद्ध धर्म चक्र संघका केन्द्रिय सदस्य सूर्यमान तामाङका अनुसार ञ्युङने भनेको एक प्रकारको शोक संवेदनाको मौन व्रत हो ।

निर्दोश पशुपंक्षीहरूले अकालमा ज्यान गुमाउनु परेको हुॅदा ती आत्माहरूको चीरशान्ति र सुखवती भुवन प्राप्त गरोस् भनी प्रार्थना, ध्यान तप र जप गर्ने गरिन्छ ।

त्यस्तै पत्रकार महिन्दो वाइवाका अनुसार ञ्युङने बौद्ध धर्मावलम्बीले बस्ने उपोसथ ब्रत हो । जहॉ जप, तप, प्रार्थना र ध्यानमा लीन हुन्छन् । भोजन र पानी मात्र नभइ एक आपसमा संवाद गर्न पनि बञ्चित गरिएको हुन्छ । लोभ, लालच, रिस, रागको अन्त् ञ्युङने बौद्ध धर्मावलम्बीले बस्ने उपोसथ ब्रत हो ।

जहॉ जप, तप, प्रार्थना र ध्यानमा लीन हुन्छन् । भोजन र पानी मात्र नभइ एक आपसमा संवाद गर्न पनि बञ्चित गरिएको हुन्छ । लोभ, लालच, रिस, रागको अन्त्य तथा दान, धर्मको बढावा दिन यो ब्रत बसिन्छ । समग्रमा हाम्रो दैनिक जीवनलाई व्यवस्थापन गर्ने धार्मिक बिधि हो ।

ञ्युङनेको पहिलो दिन (३० गते) भेटघाट दोस्रो दिन (३१गते) सो छ्युङ यानेकी एक छाके ब्रत तेस्रो दिन (१गते) नप्च्य यानेकी पानी पनि नखाई बस्ने ब्रत र चौथो दिन (२गते) एक अर्कामा शुभकामना आदनप्रदान र गुरूबाट वङ (आशिर्वाद) लिने अनि अन्य आफन्त तथा भक्तजनलाई समेत वङ दिने गर्दछ ।

परम्परागत लामा पद्धतिमा भने दिग्प ज्यङ्ब, ज्यङमेन, वङ र म्हाने कुल्सी गरिन्छ । यसको समय सान्दर्भिक संशोधन ञ्युङनेको रूपमा बुझ्न सकिन्छ ।