
धादिङ असोज २४ । धादिङ जिल्लामा विप्लव नेतृत्वको नेकपाले योङ्ग रेड फोर्स धादिङ गठन गरेको छ ।
धादिङको सिद्धलेक गाउँपालिका वर्डा नं. ५ मा बुधबार एक विशेष युवाहरुको भेला कार्यक्रमका बीच चट्याङ्को नेतृत्वमा योङ्ग रेड फोर्स धादिङ गठन गरेको हो ।
योङ्ग रेड फोर्स धादिङ गठन कार्यक्रमलाई सम्बोधन गर्न सिद्धलेक गाउँपालिका आई पुगेका तामसालिङ ब्यूरो इन्चार्ज आधारले युवाहरुको एकताले मात्र समाजमा सुशासनको नेतृत्व गर्न सक्ने भन्दै सत्ताका दलालहरुले समाजमा थुपारेका महंगी कालाबजारी, मौलाएको भष्ट्राचार, बेरोजगारीको विरुद्ध नेकपाले चलाएको अभियानमा गोल बन्द हुन योङ्ग रेड फोर्स आवश्यक भएको बताएका थिए ।

गाउँ टोल र छिमेकमा भएगरेका गलत कार्यहरुको डटेर सामना गर्न निर्देशन गर्दै नव उदयीमान गाउँले राजाहरुको कुनै हैसियत नभएकोले जनतकाका निम्ति जस्तो सुकै चुनौतिको पनि योङ्ग रेड फोर्सले सामना गर्न तयार रहेको बताका थिए ।
कार्यक्रमका विशेष अतिथि जिल्ला सेक्रेटरी बुद्धले अहिलेका जननिर्वाचित भनिएका प्रतिनिधिहरुलाई राजीनामा गर्न पत्रचार गरि सकिएको र दलाल नै बनिरहने वा सच्चिने उनीहरुको विचार हो धादिङका अधिकाँश जनता आफ्नो पार्टी कै समर्थनमा रहेकोले आन्दोलनको उचाईमा बृद्धि हुँदै गएको बताएका थिए ।
नेकपालाई बद्नाम गराउने मनसायले केहि दलालहरुले नेकपाको नाममा चन्दा आतङ्क मच्चाएकोले सजक रहन समेत समेत आग्रह गरेका थिए ।
भेलाले चट्याङ्को नेतृत्वमा ११ सदस्यीय योङ्ग रेड फोर्स धादिङ गठन गरेको थियो ।
