धादिङ आश्विन २३ । विप्लव नेतृत्वको नेकपा धादिङले धादिङले साधरण सदस्य पनि नरहने गरि कार्वाहीको प्रेस विज्ञप्ती निकालेको एक साता नवित्दै फेरि अर्को विज्ञप्ती निकालेको छ ।
नेकपा धादिङका बुद्धद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । सम्पूर्ण उद्योगी, व्यवसायी, कर्मचारी संघ संस्था लगायत आम जनसमुदायहरुमा अहिले नेकपामो नाम गरि विभिन्न खालका समुह, व्यक्तिहरुले अवैधानिक ढंगबाट चन्दा आतंक सृजना गरेकोले नेकपाको आधिकारी व्यक्तिलाई मात्र सहयोग गर्नहुन अनुरोध गर्दछौं ।
विज्ञप्तीको विषयमा हामी सँग कुरा गर्दै जिल्ला सेक्रेटरी बुद्ध हामी सँग भन्छन् नेकपालाई बद्नाम गराउन दलाल सत्ताका मतियारहरुले नै चन्दा आतङ्क मच्चाई रहेका छन् । त्यैसैले आधिकारीक व्यक्तिलाई मात्र सहयोग गर्न भनेका हौं ।
नेकपा धादिङले गठन गरेको जनपरिषदले घरघरमा सिंहदरबार भन्ने नाराले गाउँगाउँमा गरिब जनतालाई भैँसी र कुकुरको समेत कर लगाएको भन्दै उनले आपत्ति जनाए ।
जिल्ला जनपरिषद् धादिङले जनताका नाममा आएको रकम आधा प्रतिशत आफ्नो सत्तामा हुनुपर्ने र त्यसका लागि हस्तक्षेप गर्ने नीति लिने बताएको छ ।
