याे दशैमा घर अाउँदैछु अामा

Avatar photo
Dhadingpost
अशोज १८, २०७५

 

 

 

 

 

प्रदेशी भाथें अब त, छिट्टै फर्की आउछु आमा,
यसपाली त घरको छाना टिनले छाउछु आमा ।

तीन चार साल भयो, घर भन्दा पर भाको पनि,
तिम्रै हातको टीका जमरा यो दसैमा लाउछु आमा ।

याद आउछन मुटु भरी, नसम्झी बस्न सके छैन,
त्यै डाडाको पिङ संगी सगै खेल्न पाउछु आमा ।

जति सुकै दुख कष्ट भए पनि, पर्खिन्न अब त,
आटो पिठो खाएर भए पनि, मन बुझाउछु आमा ।

जन्मभुमि मै गर्छु, जे जे गर्न परे पनि अब बाट,
आफ्नो गाउँ आफै बनाउ अभियान, अघि बढाउछु आमा ।