एजेन्सी, असोज १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना बुबा–आमालाई लाखौँ डलर कर छली गर्न सहयोग गरेको खुलासा भएको छ ।
न्युर्योकस्थित कर विभागले राष्ट्रपति ट्रम्पले शंकास्पद शीर्षकको करबाट धोका दिने उद्देश्यले सन् १९९० को दशकमा कर छली गर्न सहयोग गरेको विभागले आरोप लगाएको छ । राष्ट्रपति ट्रम्पले भने सो आरोपको खण्डन गरेका छन् । एक लाख पाना लामो अनुसन्धान प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले आफ्ना बुबाबाट ४१ करोड ३० लाख डलर सम्पति लिएको खुलेको छ ।
आफ्ना बुबालाई कर छलीमा सहयोग गरे बापत सो रकम लिएको कर विभागको प्रतिवेदनमा उल्लेख छ । कागजी रूपमा सम्पत्तिको मूल्यांकन कम गरेर कर छली गरेको प्रतिवेदनमा उल्लेख छ ।
