
संजय देवकोटा,
धादिङबेसी असोज १४ । धादिङ बजार क्षेत्र र बजार क्षेत्र आसपास कार्यक्षेत्र भएको भैरवी वचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको १७ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद खेम लोहनीको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङ्गानाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै अवसर पारी आज संस्थाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको प्राविधिक समन्वयमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो जसमा १ सय ५२ जनाले रक्तदान गरेका थिए । संस्थाको कुल पुँजी १४ करोड ८३ लाख ४ हजार ३ सय ३६ रहेको छ ।
न्यून आयस्तर भएका मानिसहरुको पुँजीलाई एकत्रित गरी केही गर्ने, सामुहिक भावनाको विकास गराउने अभिप्रायले २०५७ सालमा स्थापित संस्थामा हालसम्म १ हजार ५ सय २५ जना सेयर सदस्य र ३ सय ८४ जना बालबचतकर्ताहरु रहेका छन् । फोटो सौजन्यः केशरीप्रसाद पन्त
