धादिङ बोर्डिङमा तेक्वान्दो ग्रेडिङ सम्पन्न

Avatar photo
Dhadingpost
अशोज १३, २०७५

सञ्जय देवकोटा,
असोज धादिङ १३ । विद्यार्थीहरुलाई पढाइ लेखाइका अतिरिक्त खेल, व्यायामका क्षेत्रबाट पनि अगाडि बढाइ तन्दुरुस्त राख्ने उद्देश्यका साथ धादिङ आवासीय माध्यमिक विद्यालयले विगत लामो समयदेखि तेक्वान्दो कक्षाको संचालन गर्दै आएको छ ।
करिब १०० जना विद्यार्थीहरु सहभागी उक्त तेक्वान्दो कक्षाको शनिबार धादिङवेसी स्थित कभर्ड हलमा भव्य समारोहका बीच ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
तेक्वान्दो प्रशिक्षक अमृत तामाङको अध्यक्षतामा सम्पन्न ग्रेडिङ कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला खेलकुद विकास समिति धादिङका कार्यलय सचिव कृष्णलाल श्रेष्ठ, र विशेष आतिथ्यता राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय सदस्य राजुराज पाण्डेको रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुद विद्यार्थीहका लागि खेलकुदमा विभिन्न सम्भावना रहेकाले निरन्तर, नियमित र अनुशासित ढङ्गले सहभागिता जनाइ अब्बल बनेर प्रतिस्पर्धा गर्न अनुरोध गरेका थिए । निर्णाक राजुराज पाण्डेले विद्यार्थीहरुको प्रस्तुतिका आधारमा ग्रेड वृद्धि गरेका थिए । यस्तै धादिङबेसीमा नै रहेको एड्भान्स एकेडेमीमा शुक्रबार तेक्वान्दोका विद्यार्थीहरुको ग्रडिङ गरिएको थियो ।