काठमाडौं, असोज ७ । एकसय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई उनको निवासमै पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन् ।
राष्ट्रकविलाई शुभकामना दिन बिहानैदेखि उनको निवासमा परिवार, आफन्त र शुभचिन्तकको घुईंचो लागेको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे वि।सं। १९७६ असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको भीरपुस्तुन भन्ने ठाउँमा जन्मेका हुन् । उनले कवितासंगै साहित्यका अन्य विधामा पनि कलम चलाएका छन । कवितासँगै गीत, नाटक, खण्डकाव्य लेखेका छन ।
