धादिङ बोर्डिङमा हस्तकला प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
भदौ १५, २०७५

धादिङबेसी भाद्र १५ । विद्यार्थीहरुले पनि यस्ता सामाग्री हातबाट बनाउन सक्दा रहेछन् भन्ने भाव पैदा गर्ने गरि हस्ताकलाका सामान प्रतियोगिता सम्पन्न भएको छ ।

हरेक साल उत्कृष्ट नतिजा निकाल्ने गरेको धादिङ बोर्डिङले कक्षा १ देखि ९ सम्म गराएको हस्तकला सामाग्री प्रतियोगितामा विद्यार्थीहरुले हातबाट निर्मित सामानहरु प्रदर्शन गरेका थिए ।

पत्याउनै गारो पर्ने गरि पेशानै गरि रहेका उद्योगीहरुले बजारमा ल्याएका जस्तै सामानहरु आफैले बनाएर विद्यार्थीहरुले प्रतियोतिामा भाग लिएका थिए ।

कक्षा ८ मा पढ्ने दिवाकर लम्सालले धेरै मेहनतका साथ कक्षा कोठामा शिक्षकले पढाएको आधारमा बनाएको टेलिस्कोप लिएर प्रतियोगितामा सहभागिता जनाए ।

यस्तै कक्षा ८ कै आयुषमान श्रेष्ठ र विनय रिजाल मिलेर भविश्यको नेपाल लेखिएको पानी जहाज प्रतियोगितामा राखे । पानी जहाजको चर्चा सुन्यौ अनि हामी दुई मिलेर भावि नेपालमा चल्ने पानी जहाजको कल्पना गरेर हामीले निमार्ण गरेका हौ अवलोकन कर्ताहरुले चाख दिएर हेर्नु भयो खुसी छौ प्रतियोगिताको नतिजा के आउँछ पर्खाईमा रहेको श्रेष्ठले धादिङपोष्ठलाई बताए ।

त्यस्तै कक्षा ६ का किरण श्रेष्ठले पानी तान्ने पम्प प्रतियोगितामा सहभागि गराए भने कक्षा १ कि रिभरा छत्कुलीले घर प्रतियोगितामा राखेकि थिईन् ।

धादिङ बोर्डिङका प्रिन्सिपल हरि लम्सालले आफुहरुले विद्यार्थीहरुलाई व्यवहारिक र सिप मुलक शिक्षा दिई रहेको दावी गर्दै हस्तकला एउटा इभेन्ट हो हाम्रा विद्यार्थी सबै इभेन्टमा उत्तिकै मेहनतिला रहेको दावी गरे ।

प्रतियोगितामा खिचिएका केहि तस्वीरहरु

तस्वीरः नारायण सिलवाल