सर्पदंशबाट १४ वर्षीय बालिकाको मृत्यु

Avatar photo
Dhadingpost
भदौ १५, २०७५

झापा, भदौ १५ । कचनकवल गाउँपालिका–२ का १४ वर्षीया पूजा भट्टराईको सर्पदंशबाट बिहीबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
घरमा सुतिरहेका अवस्थामा बालिकालाई गोमन सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूजा सोही स्थानको पथरिया मावि कक्षा–८ मा अध्ययरत विद्यार्थी हुन् । बालिकाको मृत्यु भएपछि गाउँलले हिजै घर छेउको जङ्गलमा रहेको उक्त सर्पलाई मारेका थिए ।