एउटै पासो लगाएर दुई प्रेमीले गरे आत्महत्या

Avatar photo
Dhadingpost
भदौ १३, २०७५

काठमाडौँ, भदौ १३ । दुई प्रेमी मेलम्ची नगरपालिका सिन्धुकोटको जंगलमा कटुसको रुखमा एउटै डोरीमा भुन्डिएको अवस्थामा फेला परेका छ ।

जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ कटुसको रुखमा एउटै डोरीमा भुन्डिएको अवस्थामा आईतबार फेला परेका हुन् ।

७ महिनाअघि जाजरकोटबाट मेलम्ची नगरपालिकाको मानेभञ्ज्यामा आवास निर्माणका लागि आएका ठकुरीसहित साउन ७ गते तालामाराङ गाउँका दुइ जोडी युवायुवती एकै पटक हराएका थिए ।

हराएका युवतीध्ये फुलमाया ठकुरीसँगै झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

अर्की १५ बर्षीया युवती र युवक २५ बर्षीय अमृत रोकाय भने हराएकै दिन राति आफै घर फर्किएका थिए ।