काठमाडौं, भदौ ६ । लामो समय एउटै अवस्थामा मोबाइल, कम्प्युटर लगायतका ग्याजेट्सको प्रयोगले माइग्रेन्ट रोग निम्तने खतरा हुने चिकित्सकले बताएका छन् ।
लामो समय एउटै पोजिसनमा बसेर ग्याजेट चलाउँदा वा टेलिभिजन हेर्दे ढाड दुख्ने, गर्धन दुख्ने जस्ता समस्याहरु आउने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका न्यूरो विभाग प्रमुख डा. रागेश कर्ण बताउँछन् ।
डा. कर्णका अनुसार मोबाइल,ल्यापटप जस्ता ग्याजेट्सबाट निरन्तर निस्कने विकिरणले मानिसलाइ एकोहोरो बनाउँछ । त्यस्ता किरणबाट फोटो सेन्सेटिभ एपिलेप्सी हुने जसले मानिसलाई एकोहोरो बनाउने र विभिन्न नसा सम्बन्धी रोग पैदा गर्ने गर्छन् ।
‘लामो समयसम्म प्रकाशमा हेरिरहँदा ढाड, घाँटी, शरीरका अन्य भागहरु दुख्ने र फोटो सेन्सेटिभ एपिलेप्सी हुन्छ । प्रकाशका कारण एकोहोरो हुने र माइग्रेन्ट, छारे रोग एवं अन्य नसा सम्बन्धी रोग समेत निम्तन्छन । लामो समयसम्म ‘टेबल वर्क’ गर्ने र बिना व्यायामको जीवन शैली अपनाउँदा नसा सम्बन्धी रोगको जोखिम हुने गर्छ ।

