एड्भान्स लेखिएको बेलुन अाकाशमा

Avatar photo
Dhadingpost
भदौ ५, २०७५

धादिङ भाद्र ५ । धादिङबेसिमा रहेकाे एड्भान्स एकेडेमि विद्यार्थीकाे मनाेभाव र मनाेविज्ञान अनुसार अध्यापन गराउने गरेकाे दावी गर्दै अाएकाे विद्यालय हाे ।

मंगलबार धादिङबेसिकाे अाकाशमा एड्भान्सकाे लाेगाे बाेकेकाे बेलुन देखियाे । बजारबासिले एड्भान्समा ठुलै कार्यक्रम हुनसक्न अड्कलवाजि समेत गरे । तर त्यस्ताे ठुलाे कार्यक्रम थिएन, थियाे त सदनकाे कार्यक्रम ।

हामीले विद्यार्थीलाई हरेक शिक्षण विधिहरु अाकर्षक र स्मरण याेग्य तरिकाले सिकाउछाै । कुनै पनि कार्यक्रम सानाे ठुलाे हुन्न प्रभावकारिताकाे हिसावले सबै महत्वपुर्ण हुन्छन् । त्यसैकाे उदाहरणकाे रुपमा अाजकाे कार्यक्रम भएकाे विद्यालयका एसाेसिएट प्रिन्सिपल भिम श्रेष्ठले धादिङपाेष्टलाई बताए ।

विद्यालयको वार्षिक कार्यपात्रो अनुरुप चार वटा सदनहरुको विशेष दिन निर्धारण गरेकाे यश विद्यालयले गत श्रावण २५ गते रातो र पहेलो सदन कार्यक्रम गराएकाे थियाे भने मंगलबार निलो र हरियो सदनकाेे कार्यक्रम भएकाे शिक्षक रामकुमार श्रेष्ठले बताए ।

विद्यार्थीकाे आफ्नै आयोजना र सन्चालन रहने यस कार्यक्रममा विद्यार्थीहरुकाे प्रतिभा उजागर गर्ने महत्वपूर्ण माध्यम बनेको शिक्षक श्रेष्ठ दावि गर्दछन् ।

मंगलबारको कार्यक्रममा नृत्य नाटक कथा कविता बाद्यबादन भजन लगायत बिद्यार्थीबाट प्रश्तुत गरिए भने शिक्षक शिक्षिकाबाट पनि नृत्य सहितको प्रश्तुती गरिएको थियो ।