नेकपा धादिङ अध्यक्षमा नेत्र पाैडेल सिफारिस

Avatar photo
Dhadingpost
भदौ ४, २०७५

धादिङ भाद्र ४ । नेकपा धादिङ अध्यक्षका लागि कडा विवादका बीच पुर्व एमाले धादिङका नेता नेत्र पाैडेललाई सिफारिस गरिएकाे छ ।

जिल्ला समित छनाैट गर्न बनेकाे पुर्व दुई पार्टी (ईन्चार्ज र अध्यक्ष) रहेकाे कार्यदल भित्र र बाहिर विवाद हुदा हुँदै पनि प्रदेश कार्यालयमा पुगेकाे जिल्ला अध्यक्ष, पदाधिकारि र सदस्यकाे नाम प्रदेश कार्यालयले अनुमाेदनकाे लागि पार्टी केन्द्रीय कार्यालयमा पठाएकाे हाे ।

पार्टी भित्र एक चरण पनि छलफल नगरि कार्यदलमा हुने कमरेडहरुले मनाेमानि गरेकाे, याेग्यता, दक्षता र याेगदानकाे अमुल्याङ्कन गरिएकाे भन्दै पुर्व एमाले धादिङका संस्थापक नेता गुरु बुर्लाकाेटिले प्रदेश कार्यालयमा उजुरी दिएका थिए ।

यस्तै पुर्व माअाेवादि केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले अहिले गरिएकाे प्रस्ताव जेष्टता, याेगदान, बैचारिकता भन्दा बाहिर गएकाे जिल्ला सदस्य छान्दा मनाेमानि गरिएकाे धादिङकाे अध्यक्ष पद पुर्व माअाेवादिले पाउनु पर्नेे र सदस्यहरुमा ५०-५० प्रतिशद कायम गरिनु पर्ने माग सहितकाे विराेध पत्र प्रदेश कार्यालयमा बुझाएका थिए ।

यी दुबैले बुझाएको विराेध पत्रमा अाफु नै अध्यक्ष बन्नु पर्ने उल्लेख नगरे पनि कार्य दलले छलफल नगरि अध्यक्ष देखि जिल्ला सदस्यहरुकाे नाम सिफारिस गरेकाे देखिन अाएकाे हाे । एकता सम्मेलन मा याेग्यता पुगेका कमरेडहरुले दावी गर्नु अन्यथा नभएकाे नेकपाका एक केन्द्रीय सदस्यले बताए ।

कार्यदलमा काे-काे थिए किन विवाद बाहिर अायाे

पुर्व एमालेबाट खेम लाेहनि र भुमि त्रिपाठी, पुर्व माअाेवादि केन्द्रबाट पुष्पविक्रम मल्ल र शालिकराम जमकट्टेल थिए । माअाेवादि केन्द्र भित्र पुष्पविक्रम मल्लले पटक पटक छलफल गरेका थिए । क्षेत्र क्षेत्रबाट सिफारिस भएकाे डिसिएमकाे नाम लिस्ट पनि तयार भएकाे थियाे । तर शालिकराम जम्कट्टेलले पुर्व कार्यालय टिमकाे भावना मर्ममा ब्याक भै केही डिसिएम अाफुअनुकुल थप्ने र अध्यक्ष छाड्ने अडानमा पुगेपछि जिल्ला कार्यदलले प्रदेशमा सिफािरस गर्न तयार गरेकाे माईन्युटमा समेत हस्ताक्षर गरेका थिएनन् । मल्लकाे हस्ताक्षर विनै बुझाईएकाे थियाे प्रदेशमा सिफारिस पत्र माअाेवादि केन्द्र निकट एक नेताले बताए ।

यस्तै पुर्व एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठी चिन भ्रमणमा रहेकाेले कार्य दलमा खेम लाेहनि मात्र सहभागी थिए । लाईन संघर्षका हिसावले लाेहनि र त्रिपाठी दुवै अाेलि पक्षका रुपमा हेरिन्छन् । यी दुई कार्यदलका सदस्यलाई पुर्व माअाेवादि केन्द्रका अध्यक्ष शालिकराम जम्कट्टेलले साथ दिए पछि मल्लले अध्यक्ष पुर्व माअाेवादि केन्द्रले पाउनु पर्ने अडान राख्दै हस्ताक्षर नगरेकाे स्रोतले बतायाे ।

नेत्र पाैडेल पनि धादिङकाे वामपन्थि अान्दाेलनकाे परिचित नाम हाे । दुई पार्टी मिलाएर लान सक्ने क्षमताका रुपमा हेरिएकाे छ । शालिन र विकास प्रेेेेमि पाैडेल हुनुमा सारमा अरु हुनुमा केही फरक नभएकाे नेकपा धादिङका नेताहरु बताउछन् । पुराना नेताहरु हुनुहुन्छ दावि गर्न दुबै पार्टीले पाउने नै भयाे अाखिर हुने एक जना नै हाे अब नेत्र पााैडेलकाे नेतृत्वमा एकताबद्ध नेकपा धादिङ अगाडि बढ्छ नेकपाका एक केन्द्रीय सदस्यले धादिङपाष्टलाई बताए ।

यद्यपि नेत्र पाैडेललाई नेकपा धादिङ जिल्ला अध्यक्षकाे रुपमा घाेषणा गर्न भने बाँकि नै छ ।