अखिल क्रान्तिकारी र प्याब्सन धादिङ बीच सहमति

Avatar photo
Dhadingpost
भदौ ४, २०७५

धादिङ भाद्र ४ । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी धादिङ र निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङ बीच ४ बुँदे सहमति भएकाे छ ।

निशुल्क र व्यवहारिक शिक्षाको लागि अान्दाेलनरत अखिल क्रान्तिकारीले विभिन्न माग राखी प्याब्सन कार्यालयमा लगाएकाे ताला पनि ४ बुँदे सहमति सँगै खुलेकाे छ ।

क्रान्तिकारीका सचीव अर्पण तामाङ र प्याब्सनका अध्यक्षले हस्ताक्षर गरेकाे ४ बुदे सहमति पत्रमा भर्ना शुल्क लिन नपाइने, १० प्रतिशद छात्रवृत्ति अनिवार्य गिरने, अस्वभाविक र मापदण्ड विपरित शुल्क लिन नपाईने उल्लेख छ ।

सहमति भएकाे स्विकार्दै प्याब्सन धादिङका अध्यक्ष गाेविन्द बुढाथाेकि भन्दछन्- हामीलाई भर्ना शुल्क लिन राज्यले नै दिदैन र कुनै पनि विद्यार्थी सँग भर्ना शुल्क लिने गरेका छैनाै । १० प्रतिशद छुटकाे कुरा छ त्याे पनि कार्यान्वयन भैसकेकाे छ ।

यस्तै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अटल शर्मा भन्छन्- निजि विद्यालयहरुले भर्ना गर्दा पैसा असुल्ने, मनलाग्दि मासिक शुल्क लिने गरेका थिए अब त्यस्ताे हुने छैन ।

यस्ताे थियाे सहमति पत्र