गाँजाको बोट फडानी

Avatar photo
Dhadingpost
भदौ १, २०७५

बागलुङ, भदौ १ । लागूऔषध बनाउनका लागी विभिन्न ठाउँमा एक हजार २८७ रोपनी जमीनमा लगाएको गाँजाको बोट खटिएका प्रहरी टोलीले फडानि गरेको छ ।

जिल्ला प्रहरी कार्यालयलका अनुसार यही साउन २५ देखि २९ गतेसम्म ताराखोला, निसीखोला र बडीगाड गाउँपालिकाभित्र लाइएका गाँजाको बेट फडानी गरिएको हो ।

प्रहरीका अनुसार वर्षेनी फडानी गर्दा र सचेत गराउँदा पनि स्थानीयवासीले गाँजा बनाउने उद्देश्यले ठूलो मात्रामा भाँगो खेती गर्न छोडेका छैनन् । जिल्लाको पश्चिम क्षेत्रमा अवैधरूपले गाँजाको उत्पादन, बेचबिखन र ओसारपसार बढी हुने गरेको छ ।

ताराखोला गाउँपालिकाका पाँचै वडामा गरी २८५ रोपनी,मा निसीखोला गाउँपालिका–६ को ६५० रोपनी, बडीगाड गाउँपालिका–८ को ३८५ रोपनी जमीनमा लागाइएको गाँजा इलाका प्रहरी कार्यालय ताराखोला, भिमगिठे र बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले फडानी गरी जलाएर नष्ट गरेको प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । फडानीका क्रममा यसअघि गाँजा लगाइने ठाउँमा अन्नबाली लगाएको पाइएको उहाँको भनाइ थियो ।