
धादिङबेसी साउन ३० । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले पुनर्निर्माणका कामहरु कुनै पनि समस्या नआउने गर्न सम्बन्धित सबै निकायहरुलाई आग्रह गरेका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल धादिङले धादिङबेसीमा पुनर्निर्माणमा सदाचार परियोजना अन्तरगत गरेको छलफल कार्यक्रमा प्रमुख जिल्ला पाण्डे समस्या नआउने गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले अझै पनि बैंकमा भुकम्प पिडितहरुलाई केही समस्या परेको गुनासो आएको भन्दै बैंकका कर्मचारी तथा गाउँमा खटिएका प्राविधिकले भुकम्प पिडितहरुलाई पनि आफ्नै बुबा आमा जस्तो सम्झेर काम गन समेत आग्रह गरे ।
‘जिल्ला प्रशासनमा १० मिनेटमा नागरिकता बन्छ, तर स्थानीय तहमा एउटा सिफारिस लिन ४ दिन लागेको समेत आफुलाई जानकारीमा आएको बताउँदै प्रजिअ पाण्डेले सबै तह र सरोकारवालाहरुकोले जनताको काममा ढिलासुस्ती गर्न नहुने समेत बताएका थिए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाख ाधादिङका अध्यक्ष दामोदर अर्यालले भुकम्प पिडितहरुलाई गाँउँमा खटिएका प्राविधिहरुले राम्रो व्यवहार नगरेका, अनाहकमा दुःख दिने काम गरेका, प्रभावितलाई बैंकले पनि समयमा पैसा नदिएकोले समस्या भएको बताएका थिए ।
यस्तै इन्सेक प्रतिनिधि सिताराम अधिकारीले भुकम्प पिडित नागरिक र अन्य सेवाग्राहीलाई बैंकले छुट्टै व्यवहार गरेको, भुकम्प पिडितलाई चर्को घाममा दिनभरी लाइनमा राख्ने गरेको, अन्य सेवाग्राहीलाई भने तुरुन्तै काम गरिदिने गरेकोले बैंकहरुले काममा विभेद गरेको आरोप लगाएका थिए ।
यस्तै कार्यक्रममा दलित अधिकारकर्मी श्यामबहादुर मगरातीले गाउँमा कामदार नपाएर बाहिरबाट ल्याउनु परेको, पहिरोको जोखिम भएको ठाउँमा स्थानीय घर बनाउन बाध्य भएका, पुनर्निर्माणको काममा सरकारी निकाय भन्दा गैर सरकारी निकाय बढि सक्रिय रहेको बताएका थिए ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व महासचिव मुकुन्दबहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको समेत जिम्मेवारी सम्हाल्नु भएका जिल्ला प्राविधिक कार्यालयका प्रमुख राजेन्द्र केसीले पुनर्निर्माणको जिल्लाको पछिल्लो अवस्थाको बारेमा बताएका थिए ।
कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई भवन, जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु तथा नागरिक समाजका प्रतिनिधिहरु सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
