धादिङ साउन २९ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अायाेजना गरेकाे नेपाल बन्दकाे प्रभाव धादिङमा विहानै देखि परेकाे छ ।
धादिङबाट चल्ने यातायातका कुनै पनि साधनहरु चलेका छैनन् भने विशेष परिस्थि भन्दै जिल्लाका सम्पुर्ण निजि विद्यालय बन्द जानकारि गराईएकाे छ ।
विप्लव नेतृत्वको प्रवक्ता प्रकाण्ड, पाेलिट ब्युराे सदस्य माेहन कार्की लगायतलाई गिरफ्तार गरि झुटा मुद्दा लगाईएकाे, जनता महंंगि भ्रष्टाचार काे मारमा परेकाेले लाचार केपि प्रचण्ड सरकारकाे विरुद्धमा नेपाल बन्द गरिएकाे नेकपा धादिङका सेक्रेटरी बुद्ध गुरुङले बताए ।
बन्दकाे तयारि स्वरुप उनिहरुले साेमबार साझ धादिङको विभिन्न ठाउहरुमा मशाल जुलुस प्रदर्शन गरेका थिए ।
