एजेन्सी, साउन २८ । हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा छ। स्वास्थ्यप्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ।
व्यस्त जीवनका कारण मानिसहरु अचेल व्यायाम गर्ने फुर्सदसमेत पाउन छाडेका छन् । व्यायाम गर्ने समय नपाउनेहरु अहिले विभिन्न औषधि वा चियाको सहारा लिएर दुब्लाउने प्रयास गरिरहेका छन् ।
दुब्लाउनका लागि अचेल ग्रीन टी खानेहरुको संख्या हृवात्तै बढेको छ । देशभित्रै ग्रीन टी बर्षेनी १० लाख मेट्रिक टनजति उत्पादन हुन्छ । साथै यो बाहिरबाट समेत आयात गर्ने गरिन्छ । हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा छ । स्वास्थ्यप्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ ।
हरियो चियामा पाइने इजिसिजी नामक तत्वले मस्तिष्कको क्रियाकलापमा तात्विक भिन्नता ल्याइदिने कुरामा भने उनीहरु पक्का छन् । सन् २०१४ मा बसेल विश्वविद्यालयका न्युरोसाइकियाट्रीका प्राध्यापक स्टिफन बर्गवार्डले गरेको अध्ययनले चियामा पाइने तत्व इजिसिजीको सेवनका कारण चार हप्ताभित्रै १२ जनामा काम गर्ने शैलीमा भिन्नता पाइएको थियो ।
‘स्वस्थ मानिसमा चिया पिउनाले स्मरणशक्ति बढाउने देखियो,’ बर्गवार्डले भने, ‘हुन त हामीले थोरैमाथि गरेको यो उपलब्धिमा शंका गर्ने ठाउँ प्रशस्त छ तर परिणाम निकै उत्साहप्रद भएकाले यसलाई बाहिरै ल्याउन हामीले उचित ठहर्यायौँ ।
पछिल्लो पटक डाउन सिन्ड्रोमका लागि पनि चियामा पाइने तत्व इजिसिजीले ठूलो काम गरेको वैज्ञानिकहरूको दाबी छ। प्रत्येक वर्ष संसारभर ३ हजारदेखि ५ हजार बालबालिका डाउन सिन्ड्रोम लिएरै जन्मिन्छन् । यस्ता बालबालिकाहरूमा अनुहार बिग्रने, आँखा टेढिने र सिक्न नसक्ने कैयौँ समस्या देखिन्छन् । त्यस्ता बालबालिकालाई चियामा पाइने इजिसिजीले पूर्ण रुपमा नभए पनि केही सहयोग गर्ने देखिएको वैज्ञानिकहरूको दाबी छ ।

