धादिङमा फाेनिज स्थापना दिवस मनाईयाे

Avatar photo
Dhadingpost
साउन २७, २०७५

धादिङ साउन २७ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले एक विशेष कार्यक्रमका बिच स्थापना दिवस मनाइएको छ ।

समावशेसि लोकतन्त्रको आधार पूर्ण समाबेशी संचार भन्ने नाराका साथ फाेनिज धादिङले १९ औँ स्थापना दिवस मनाएको हो ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलि, गाेरखा पत्र दैनिकका डा.मुरारि अधिकारी, कान्तिपुर टिभिका पाेषनाथ अधिकारी, जनता टिभिका सन्ताेषराज श्रेष्ठ, लगायत नेपाल अादिवासि पत्रकार महासंघका सदस्यहरुकाे उपस्थितिमा केक काटेर दिवस मनाईएकाे थियाे ।

नेपाल अादिवासि जनजाति पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष शंकर श्रेष्ठले दिवस र अादिवासि पत्रकारहरुकाे वारेमा प्रष्ट्याउदै दिवसकाे अवसरमा शुभकामना दिएका थिए । फाेटाे: नवराज छत्कुलिकाे फेसबुकबाट