खनियाबासका कृष्ण तामाङ उदाहरणिय बन्दै

Avatar photo
Dhadingpost
साउन २७, २०७५

गोपाल फ्युवा
धादिङ, साउन २७ ।
गरे हुन्छ भन्ने उदाहरण दिनु भएको छ धादिङ खनियाबास गाउँ पालिका-५ (साबिक सत्यदेबी-३) का कृष्ण तामाङ (मोइ लामा) ले अहिले सबै लाई उत्प्रेरित तुल्याएको छ ।

बिगतमा साउदी तथा मलेशियामा समेत गएर फर्किनु भएको उहाँले बिदेशमा नि भनेको जस्तो कमाई नभए पछि अहिले गाउँ घर मानै विभिन्न व्यावसायलाई एकै साथमा अगाडी बढाई राखेका छन् ।

उनले अहिले फोले मेन्दो सेलर मिल तथा फर्निचर साथै तामाङ बाङ्गुर पालनका व्यावसाय दर्ता गरि व्यावसायिक रुपमा व्यावसाय थालनी थालनी गरेका हुन् । साथै लोकल कुखुरा र बोइलर कुखुरा पालन लाई पनि निरन्तरता दिएका छन् । सुरुमा ४ वटा बाङ्गुरबाट व्यावसाय सुरु गरेका उनको अहिले १५ वटा बाङ्गुर रहेका छन् ।

बर्सेनि लाखौं युवा विदेश पलायन भइरहेको वर्तमन अवस्थामा गाउँमै गरे हुन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् । उनलाई यदि धेरै काम कसरी ब्यवस्थापन गर्नु हुन्छ ? भन्ने हाम्रो प्रश्नमा विदेशमा जति खट्ने हो भने, स्वदेशी भुमिमा नै धेरै राम्रो गर्न सकिन्छ विदेशमा नि हामी १०–१२ घण्टा खट्नु पर्छ त्यही समय यहाँ नि मिलाउन सक्यो भने त्यस्तो गह्रो नहुने तर्क गछन् ।

विदेशी भुमिमा जति दुख गरे यहि कमाउन सक्छ उनि भन्छन्, ४–५ लाख वर्षमा कमाउनु हुन्छ होला है भन्ने हाम्रो प्रश्नमा उहाँ उनि भन्छन् ४–५ लाखको लागि म यस्तो दुःख गर्छु हाम्रो बानी हाम्रो आफ्नो गाउँ घरमा बसेर काम गर्न लजाउने अनि विदेशमा अर्काले जे भने नि गर्न तयार हुने हाम्रो कमजोर मानसिकता हटाउनु पर्छ ।

गरे गाउँ घर मै आफ्नो परिवार संगै बसेर कमाउन सकिन्छ उनि भन्छन् ।

अहिलेको युवा पुस्ता जोखिम मोलेर आफ्नो घर खेत बन्धकी राखेर युरोप रास्ट्र र खाडी राष्ट्रहरु ताकिरहेको परिवेषमा गाउँ मै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् । विदेशमा बगाएको पसिना यहीँ ठाउँमा बगाउन सके आफ्नै ठाउँमा धेरै कमाउन सकिन्छ भन्ने उदाहरणका रुपमा लिन सकिछ ।

खास गरि बाङ्गुर पलान र कुखुरा पलानमा बजार अभावको समस्या छ र सरकारबाट उचित अनुदान हुन, बिमा सुबिधा नहुदा किसानहरु मर्कामा परेको देखिन्छन् । यदि सरकारले उचित अनुदान र बिमाको ब्यवस्थापन गर्न सके आफ्नोे ब्यवसय प्रती ढुक्क हुने बताउछन् ।

सम्बन्धित निकायले उचित तालिमका साथ बिमा र अनुदान जस्ता कार्यक्रम भैदिए उहाँ जस्तै अन्य थुप्रै युवा जन शक्ति बिदेश पलायन हुन बाट रोक्न राहत मिल्ने थियो १ सरकार ले कृषिमा आत्मानिर्भर बनाउने लक्ष्य लिएरहेकी बर्तमान परिपेक्ष्यमा युवाहरूलाई समेट्न सकेको खण्डमा अहिले बढीरहेको बिदेश प्रतिको आकर्षण लाई केही हद सम्म रोक्न टेवा मिल्ने थियो ।

कृषि प्रधान देशमा कृषिमा नै आधुनिकरण गरि परनिर्भर कम गर्न सके देश आर्थिक रुप सबल हुने कुरामा दुइ मत छैन ।