धादिङका पर्यटन व्यवसायी सिंखडा र धमला सम्मानित

Avatar photo
Dhadingpost
साउन २६, २०७५

धादिङ साउन २६ । धादिङका दुई पर्यटन व्यवसायीहरु राजन सिंखडा र राकेश धमला एक विशेष कार्यक्रमका बीच सम्मानित भएका छन् ।
ग्लोबल युथ पार्लियामेन्टले युवाहरुलाई उत्प्रेरणा तथा जागरुप गर्नको लागि महत्वपूर्ण योगदान गरेको भन्दी यी दुई पर्यटन व्यवसायी सम्मानित भएका हुन् ।

कार्यक्रममा एशियन देशहरु श्रीलंका, भुटान, म्यानमार, इन्डोनेशिया, कम्बोडिया, ताइवान, भेयतनाम, नेपाल, भारत, पाकिस्तान लगायत १८ देशका विभिन्न युवाहरुलाई यसवा क्षेत्रमा महत्व पूर्ण भुमिका निभाएको भन्दै ग्लोबल युथ पार्लियामेन्टले सम्मान गरेको थियो ।

समानितहरुलाई अवार्ड प्रदान गर्दै सभामुख कृष्णबहादुर महराले देशको दु्रतगत विकासको लागि युवाहरुलाई जागरुप बनाउनु पर्ने योजना सरकारले ल्याउने बताएका थिए ।