धादिङ बोर्डिङमा कानुन पढ्न विद्यार्थीको चाप बढ्यो

Avatar photo
Dhadingpost
साउन २५, २०७५

धादिङबेसी साउन २५ । धादिङबेसीमा रहेको पुरानो नीजि विद्यालय धादिङ आवासिय उच्च माविले सुरु गरेको कक्षा ११ मा कानुनी विषय अध्यापनका लागि शुक्रबार सम्म २९ जना विद्यार्थी भर्ना भएका छन् ।

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाको लापा, सेर्तुङ देखि दक्षिण धादिङको बेनीघाट रोराङ, धुनीबेसी नगरपालिका सम्मका विद्यार्थीहरु कक्षा ११ मा कानुनी विषय पढ्न भर्ना भएका हुन् ।

धादिङ जिल्लामा पहिलो पटक कानुन विषयको अध्यापन गराउन सुरु गरिएको र यस विषय पढ्न विद्यार्थीहरु थप उत्साहित भएको पाईएको गणेश हिमाल क्याम्पस धादिङका प्रमुख इश्वर पाण्डेले धादिङपोष्टलाई बताए ।

प्रमुख पाण्डेले धादिङ बोर्डिङमा संचालन गरिएको कानुन विषयको अध्यापन कानुन व्यवसायी विश्वराज अधिकारी र दिनेश दुवाडीले गर्दै आई रहेका छन् ।

सत प्रतिशद नतिजा ल्याउन सफल धादिङ बोर्डिङ

धादिङको शैक्षिक परिक्षाफलको नतिजा हेर्ने हो भने पहिलो नम्बरमा आउने धादिङ बोर्डिङ, विद्यार्थी संख्याको आधारमा पनि नीजी विद्यालयहरु मध्ये उत्कृष्ठ मध्ये नै पर्ने गर्दछ ।

विद्यालय स्तरमा मात्र उत्कृष्ट नतिजा ल्याएका होइनौ हामीले ०७० साल देखि संचालन गरेको गणेश हिमाल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले समेत उत्कृष्ट नतिजा ल्याउने गरेको क्याम्पस प्रमुख पाण्डेले दावी गरे । हामीले स्नातक तहको प्रथम वर्षको परिक्षामा सत प्रतिशत विद्यार्थी उतिर्ण गराएका छौ उनले भने ।

गरिव, जेहेन्दा अपाङ्गता भएका विद्यार्थीलाई विशेष छुटका साथ भर्ना गरि अध्यापनमा सहजता प्रदान गर्दै आएको धादिङ बोर्डिङले कक्षा ११ र १२ मा Law, Education, Humanities, Management तह अध्यापन गर्दै आईरहेको छ भने क्याम्पस तर्फ गणेश हिमाल क्यम्पसले ०७० बाट बि.बि.एस्. अध्यापन गर्दै आएकोमा आगामी वर्ष बि.एड. संकाय अध्यापनकोे लागि स्वीकृतिको पर्खाईमा रहको छ ।