एजेन्सी, साउन २५ । ६७ वर्षिय झ्याङ थरकी गर्भवती महिलालार्इ बेइजिकङका अस्पतालहरूले उनको गर्भावस्था त्याग्न आग्रह गरेका छन् ।
जुम्ल्याहा बच्चाहरू पेटमा हुर्काइ रहेकी ति महिलाको स्वास्थ्य अवस्थालार्इ हेरेर अस्पतालहरूले यस्तो आग्रह गरिएको समाचारहरूले जनाएका छन् ।
उच्च रक्तचाप र पाको उमेरका कारण गर्भावस्था लम्ब्याउँदा आमाको ज्यान जोखिममा पर्ने चिकित्सकहरूले बताएका छन् । तर बच्चा जन्माउन पाउनु आफ्नो अपराध नभएको भन्दै ती महिला आफ्नो गर्भ खेर जान नदिने बतार्इ रहेकी छिन् । ”मैले कुनै नियम तोडेको छैन् तर मलार्इ लाग्दैछ म अपराधी हुँ” ती आमाले भनेकी छिन् ।
एक मात्र सन्तान गुमाएपछि बुढेसकालको साहारा खोज्दै
आफ्नो जीवनको उतरार्धका समय गुजारिरहेका यी दम्पतीले अचानक एक दुर्घटनामा आफ्नो एक मात्र छोरा गुमाएका थिए । छोराको निधन पछि बुढेसकालमा साहार नभएको भन्दै यो परिवार बिक्षिप्त बनेको थियो।
जसै गरि पनि सन्तान प्राप्त गर्ने भन्दै अनेकै उपाय गरेको यो दम्पतीले आर्इभी एफको साहारामा गर्भावस्था प्राप्त गरेको थियो । करिब २ लाख खर्च गरेर झ्याङ गर्भवती भएकी थिइन् ।
