ग्रामिण सडकमा भल पस्दा बस्ति जाेखिममा

Avatar photo
Dhadingpost
साउन २३, २०७५

गोपाल फ्युबा तामाङ,
धादिङ  साउन २३ । गत राति परेको अविरल वर्षाको कारण खनियावास गाउॅपालिका वडा नं ५ का केही वस्तीहरू जोखिममा परेका छन् ।

खहरे खोलामा बग्नु पर्ने भल सडकमा बगेपछि सडक अव्यवस्था कस्ताे हुन्छ सबैलाई जानकारि हुने विषय हाे ।

निरन्तरकाे वर्षाकाे भल ले खनियाबासकाे गमगङ, काप्रे, सल्लेबारी सालघारी लगायतका टोल बस्तीहरू जोखिममा परेको छ ।

“सडक बनाउदा बिचार गरिएन त्यसैले यस्तो भो” , सत्यदेवी काप्रेका सन्दिप घलेले भने । अविरल वर्षा भइरहे घरमा बस्न सक्ने अवस्था नभएको उनले बताए ।

मानवीय तथा जनधनको क्षति नभए पनि कुनै पनिबेला क्षति पुर्याउन सक्ने भएकोले त्यस क्षेत्रका मानिसहरू सचेत रहनु पर्ने भएको छ ।
खनियाबासमा मात्र हैन ग्रामिण सडकहरु पुर्ण रुपमा बन्द भएका छन् । अधिकाँश बजेट सडकमा लगाईएपनि नाला व्यवस्थित नगरिय पछि सडककाे दुर्गति सँगै वस्ति समेत जाेखिममा परेका छन् ।