प्रधानमन्त्री ओलीका नयाँ बडीगार्ड डिएसपी राजन लिम्बु

Avatar photo
Dhadingpost
साउन २१, २०७५

काठमाडौं, साउन २१ । प्रहरी प्रधान कार्यालयले बुधबार डिएसपीहरुको सरुवा निकाल्दै राजन लिम्बुलाई प्रधानमन्त्रीको बिशेष सुरक्षा इकाई, बालुवाटारमा सरुवा गरेको छ ।

प्रधानमन्त्रीको बडीगार्डमा सरुवा भएका लिम्बु यसअघि सुवास नेम्वाङ सभामुख हुँदा उनको पिएसओका रुपमा काम गरेका थिए।

यसअघि प्रधानमन्त्रीको बडीगार्डमा सानुराम भट्टराई थिए। उनी एसपीमा बढुवा भएपछि लिम्बुलाई बडीगार्डमा ल्याइएको हो। एसपी भट्टराईको केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएको छ।