मन्जुश्री माबि मा कम्प्युटर तालिम सम्पन्न

Avatar photo
Dhadingpost
साउन २०, २०७५

धादिङ साउन २० । नीलकण्ठ नगरपालिका ज्यामरुङ स्थित मन्जुश्री माबिका विद्यार्थीहरुलाई एक हप्ता कम्प्यूटर तालिम दिईएको छ ।

श्रावण ११ गतेबाट सुरु भएको विद्यार्थी र शिक्षकका लागि एक हप्ते वेसिक कम्प्यूटर तालिम एक औपचारिक कार्यक्रम गरि साउन १७ गते समापन गरिएको थियो ।

मन्जुश्री माबिमा अध्यनरत कक्षा ७, ८, ९ र १० का बिद्यार्थीहरु लगायत २ जना शिक्षक र शिक्षिका सहित ३० सहभागि थिए ।

रोटरी क्लब अफ काठमाडौँ नर्थ इस्ट र रोटर्याक्ट क्लब अफ काठमाडौँ नर्थ इस्टले संयुक्त रुपमा मेरो सीप शीर्षक अन्तर्गतको कम्प्युटर तालिम दिइको रोटरी क्लब अफ काठमाडौँ नर्थ इस्टका अध्यक्ष तिलकबहादुर थापामगरले धादिङपोष्टलाई बताए ।

एक हप्ता सम्म चलेको तालिकमा रोटर्याक्टर केशव बहादुर सुनारी र रोटर्याक्टर सगुन पुडासैनीले प्रशिक्षण दिएका थिए ।