कञ्चनपुर, साउन १८ । स्थानीय शुक्लाफाँटा क्षेत्रका विद्यालयमा पढाउँदै आएका निजी स्रोतका शिक्षकले लामो समयदेखि तलब पाएका छैनन् ।
ले आर्थिक अभावका कारण शिक्षकको तलब व्यहोर्न नसकेका कारण निजी स्रोतमा काम गर्दै आएका शिक्षकले लामो समयदेखि तलब पाएको छैन ।
सामुदायिक विद्यालयको गुणस्तर बढाउनका लागि विषयगत शिक्षकको व्यवस्था अनिर्वाय हुनुपर्दछ, शिवशंकर माविका प्रधानाध्यापक बिष्णुदत्त जोशीले भने, “विद्यार्थी अनुपातमा शिक्षक अभाव भएकाले निजी स्रोतका शिक्षक नभए विद्यालय नै बन्द हुने अवस्था छ तर स्थानीय तहले तलबको व्यवस्था गर्नुपर्नेमा चासो दिएको छैन ।”
“शुल्क लिएर विद्यालय सञ्चालन गर्न निकै गाह्रो छ । अभिभावकको आर्थिक अवस्था निकै कमजोर छ । यस्तो अवस्थामा निजी स्रोतका शिक्षकलाई तलब दिन सकिएको छैन” शिद्ध बैजनाथ माविका प्रधानाध्यापक धनसिंह महराले भने । केही आधारभूत तहका विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले रु चार हजारदेखि पाँच हजारसम्म तलब पाउँछन् । त्यही तलब दुई वर्षसम्म नपाउँदा शिक्षकको मनोवल खस्केको उनले बताए ।
विद्यालयमा पढाउँदै आएका निजी स्रोतका शिक्षकले १५ महिनादेखि १८ महिनासम्मको तलब नपाएको निजी स्रोत शिक्षक संगठनका जिल्ला अध्यक्ष भूपेन्द्र धामीले बताए । नगरपालिकाका केही विद्यालयले वर्षमा एक दुई महिनाको तलब दिए पनि अधिकांश विद्यालयका निजी स्रोतका शिक्षकले तलब नपाएको उनले बताए ।
सँगै पढाउँदै आएका राहत, अस्थायी र स्थायी शिक्षकले आफ्नै अगाडिबाट तलब थापेर जान्छन् उनले भने, “आफूहरूले भने टुलुटुलु हेरेर निराश हुनुबाहेक अर्को विकल्प छैन ।”
नगरपालिकाले निजी स्रोतका शिक्षकका लागि तलबको व्यवस्था नगर्दा यस्तो परिस्थिति आएकाले तलबका लागि अनुदानको व्यवस्था गरिदिनुपर्नेमा अध्यक्ष धामीले जोड दिए । सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नगर सञ्जालका अध्यक्ष बिष्णुदत्त जोशीले शिक्षकको तलब भत्ताको व्यवस्था स्थानीय तहले नै गर्नुपर्ने दायित्व भएको बताए ।
