दाङ, साउन १७ । रोल्पामा बालुवा र सिमेन्ट बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटना भए लगत्तै इलाका प्रहरी कार्यलय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक राजकुमार पहाडीसहित ११ जनाको टोली घटनास्थलमा गई मृतकको शव निकालिएको थियो । मृतकको पोष्टमार्टमको लागि जिल्ला अस्पताल रेउघामा लगिएको प्रहरी कार्यलय घर्तीगाउँले जनाएको छ ।
बालुवा र सिमेन्ट बोकेको रा १ त १५०७ को ट्रयाक्टर बुधबार राति दुर्घटना हुँदा दाङ तुल्सिपुर उपमहानगरपालिका–७ टिकारापाताका २७ वर्षका चालक आसाराम चौधरी र सहचालक गंगादेव गाउँपालिका–१ का अन्दाजि १८ वर्षका डम्बरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको छ ।
