४८ प्रहरी उपरीक्षकहरुको सरुवा

Avatar photo
Dhadingpost
साउन १७, २०७५

काठमाडौं, साउन १७ । नेपाल प्रहरीले प्रहरी महानिरीक्षकको असार १६ गतेको निर्णयानुसार ४८ जना प्रहरी उपरीक्षकहरुको बुधबार सरुवा गरेको छ ।

सरुवामा पर्नेहरुमा प्रहरीले प्रधान कार्यालको आतंकवाद नियन्त्रण महाशाखामा कार्यरत अच्युतप्रसाद पुडासैनीदेखि जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा कार्यरत हृदय थापासम्म छन् ।

नेपाल प्रहरीको मानव स्रोत विकास विभागले बुधबार एक पत्रिपत्र गरेर सम्बन्धित कार्यालयहरुलाई सरुवा कार्यान्वयन गर्न सर्कुलर गरेको छ ।