मकैको जुँगा खाँदा शरिरलाई फाईदाजनक

Avatar photo
Dhadingpost
साउन १५, २०७५

एजेन्सी, साउन १५ । मकै संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ ।

धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि धेरे फाइदा हुन्छ ।

मकैको त्यसै खेर फालिने मकैको जुँगा पनि एकदमै काम लाग्छ । बहु उपयोगि, यो बाली बाट, बिभिन्न परिकार, तेल, इन्धन, चीनी, रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि के के फाइदा हुन्छ ।

मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । हामि मकैको जुँगा काम नलाग्ने भनेर फाल्छौँ तर यसको फाइदा मकैको भन्दा बढी हुन्छ ।

मकै जुगा खाँदाको फाईदा

पिसाब लगाउनः कुनै पनि कारण शरीरका कोषहरूमा पानी जम्ने वा पानी जमेर सुन्निने समस्या पैदा भयो भने मकैको चियाको सेवन लाभदायी हुन्छ । महँगा र शरीरलाई नोक्सानी पुर्याउने विभिन्न थरी पिसाब लगाउने औषधीहरूको तुलनामा यो अति सुरक्षित हुन्छ ।

मिर्गौलाको पत्थरीः मकैको जुँगाको चियाले पिसाब लगाउने भएको कारण यसको नियमित सेवनले मिर्गौलामा पत्थर बन्ने सम्भावना पनि न्यून बनाइदिन्छ । ख्याल गर्नुपर्ने कुरा के छ भने, यसले पत्थरी बन्न दिँदैन तर पहिल्यै पत्थरी भइसकेको छ भने त्यसको उपचारमा चाहिँ यो काम लाग्दैन ।

रक्तचाप घटाउँछः उच्च रक्तचापको समस्या विश्वव्यापी रूपमै एउटा ठूलो नसर्ने रोगको रूपमा स्थापित भइसकेको छ । उच्च रक्तचापको एउटा विन्दुमा पुगेपछि अनिवार्य रूपमा औषधिको सेवन गर्नैपर्ने हुन्छ । तर मकैको जुँगाको चिया नियमित रूपमा सेवन गर्ने हो भने त्यसले उच्च रक्तचापलाई पनि घटाइदिने गर्छ ।

मोटोपन घटाउँछः मोटोपन आजभोलि आम समस्या बन्दै गइरहेको छ । मोटोपनका कारणहरू विभिन्न हुन्छन् र तीमध्ये एक शरीरमा पानीको मात्रा बढी सञ्चिति हुनु पनि हो । यो खालको मोटोपन घटाउनमा चाहिँ मकैको जुँगाले भूमिका निर्वाह गर्न सक्छ ।