डा. केसीका समर्थक डाक्टर र नर्सको टाउकैटाउकामा प्रहरीले यसरी हान्यो

Avatar photo
Dhadingpost
साउन ४, २०७५

काठमाडौ, साउन ४ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा २० दिन पहिले अनसन बसेका डा. केसीलाई सरकारको निर्णय अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

प्रहरीले चर्को दमन गरेपछि डा. केसीले आफ्ना समर्थकलाई कुटेको हेर्नुभन्दा आफू काठमाडौँ जान तयार भएको बताए । त्यसपछि पनि प्रहरीले लाठी प्रहार गरिरह्यो ।

प्रहरीले गोली नै चलायो । उक्त गोली लागेर प्रहरीलाई नै लाग्यो । प्रहरीले माइकिङ नै गरेर एक जना सहकर्मीको मृत्यु भन्यो । जसले वातावरण थप आतंकित भयो । वातावरण आतंकित बनाएर डा। केसीलाई काठमाडौँ जान्छु भन्न लगाउने प्रहरीको योजना सफल भयो । तर, प्रहरीले नै विज्ञप्ति निकालेर संचारमाध्यमहरुमाथि मानवीय संवेदनालाई ख्याल नगरी जिउँदै मान्छेलाई मरेको भनेर समाचार सम्प्रेशण गरेको आरोप लगाइयो ।

विहीबार दिनभर जुम्लामा तनावपूर्ण बन्यो । डा. केसीलाई जबरजस्त लिन खोजेपछि प्रतिस्ठानका चिकित्सक, विद्यार्थीका साथै स्थानीयले दिनभर विरोध प्रदर्शन गरे । जुम्ला बजार बन्द गरेर विरोधमा उत्रे स्थानीयबासी ।

सेनाको हेलिकोप्टर जुम्ला पुग्नासाथ प्रहरीको टोली प्रतिस्ठान पुगेर बल प्रयोग गर्यो । त्यो क्रममा चिकित्सक र विद्यार्थीहरुले अवरोध गरे । प्रहरीले अश्रग्यास, लाठी प्रहार गर्यो । दर्जनौं घाइते भए ।