आँप सेवन गर्दा हुने फाइदा

Avatar photo
Dhadingpost
साउन ४, २०७५

काठमाडौँ, साउन ४ । बर्षाको बेला हामी बजारभरी जताततै पहेला आँप देख्न सक्छौं । कतिलाई मधुमेह भएको कारण आँप खान डर पनि लाग्छ । तिनले सोच्ने गर्छन गुलियो आँपमा, प्रशस्त चीनि पो छ । अझ कोही त आँप खाएर मोटाउने अनि कोही सोच्लान आँप खाएर जिउको तौल घटाउने । आँप सेवनबाट हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु यी हुन्

क्यान्सरको रोकथामका सहयोगी

हामी सबैलाई थाहा भएकै कुरा हो क्यान्सर, घातक तथा उपचार असम्भव रोग हो । यो निको पार्न सकिन्न तर प्रचलित भनाइ छ रोगको उपचार गर्न गराउन भन्दा रोकथाम नै बेस् । यो सामान्य भनाई मात्र हैन अस्वीकार्य तथ्य पनि हो । आँपमा पाइने क्युरसेटिन, आइसो क्युरसेटिन, अस्ट्रागालीन, फिसेटिन, स्गालीक एसीड, मिथाइल गाल्लेट, साथै प्रचुर मात्रामा पाइने इन्जाइमस तथा एण्टीअक्सीडेन्ट हरुले ९कोलन०, ठूलो आन्द्रा, बक्षस्थल तथा रक्त क्यान्सर हुनबाट बचाउन सहयोगी हुने गर्दछन् ।

कोलेस्ट्रोल न्यून गराउने

आँपमा उच्च तहमा (फाइबर) रेसा भिटामिन–सी, पेकटीन पाइने हुँदा यीनले रक्त झोल (सिरमं) मा कोलेस्ट्रोलको मात्रा खास गरी कम घनत्वको लिपोप्रोटिन जुन साँच्चीकै शरीरको लागि घातकलाई न्यूनीकरण गरिदिन्छ ।

छाला चिटिक्क पार्छ

छालाको रुप रंग बारे केटिहरु मात्र हैन केटाहरु पनि खास गरी गर्मी बर्षाको बेला सजग हुने गर्दछन् । यो बेला आँप उपलब्ध छ, छालाको छिद्र सफा गर्नुका साथै डण्डीफोर, कालो दाग हटाउन ।

मधुमेह नियन्त्रण

जब हामी आँपको वर्णन गर्दछौं हामी कसरी आँपको पातको गुणकारी विशेषता बिर्सन सकौला त रु आँपको पातमा शरीरको रंग तथा इन्सुलीन नियमन गर्ने क्षमता हुने गर्दछ । आँपको पातलाई उमालेर रातभरी ढाडिन दिने अनि छानेको झोल बिहानी पख सेवन गर्दा मद्युमेह नियमन गर्न सघाउ पु¥याउँछ ।

आँप भिटामिन–ई को उत्तम श्रोत मानिन्छ । जसको सेवनले यौनिक क्षमतामा अभिवृद्धि गराउँछ । राम्रो स्वास्थ्यको लागि पाचन प्रणाली दुरुस्त मानिन्छ । आँपले खाने कुरा पच्ने पचाउने उत्पन्न हुने बिकार दिसाको रुपमा विसर्जन गर्ने क्षमता विकास गराउँछ पनि ।