हङकङ, माहाबाणिज्य दुत र नेपाली कामदार

Avatar photo
Dhadingpost
असार ११, २०७५

प्रजुन कुमार अधिकारी
अ ने स मकाउ

मकाउमा भएको नेपालीहरूको समस्यालाई हङकङमा रहनु भएको माहाबाणिज्य दुत संग समन्वय गरि समाधानको पहल गरौ ।

बिगत लामो समय देखि मकाउ नेपालीहरूको कर्मभुमि बन्दै आई रहेको र अन्य खाडी मुलुकको तुलनामा मकाउ एक राम्रो आयश्रोत हुने ठाऊ पनि हो । त्यसकारण पाँच हजारको हारहारीमा नेपालीहरूले आफ्नो जिवन स्थर उकास्नको साथै परिवारको रोजी रोटी बाल बच्चालाई स्थर युक्त शिक्षा दिक्षा दिई, देशमा रेमिटान्स भित्राई देशलाई देशको अर्थतन्त्रलाई माथी उठाएको छ ।

मकाउ एउटा सान्तप्रिय अति सुन्दर सामुन्दिक टापु हो । मकाउमा प्रत्यक क्यासिनो होटल पसल बार डिस्को जता त्यतै नेपालीहरूको डिमाण्ड रहेको र नेपालीहरूले पनि आफ्नो छबि र ब्याक्तिगत प्रश्नालिटीलाई उच्च राखी नेपाल र नेपालीको ईज्जत राख्न सफल छ ।

यस्तो नेपालीहरूको कर्म भुमिमा कहिले

दलाल (एजेन्ट) हरूले मानिस ल्याई अलपत्र पार्ने र कहिले शारीरिक कष्ट त छदैछ । त्यसको अलवा मानसिक आर्थिक पिडाहरू पर्न गई चिन्ता तनाब डिप्रेशन जस्ता मानसिक असरले मानिसहरू आत्मदाह गर्न समेत पुग्ने अबस्था र सप्लायर्स कम्पनिहरूमा भिषा रिणु गर्दा बर्षै पिच्छे मोटो रकम तिर्न पर्ने र बिनाकारण नेपाल फिर्ता पठाउने, त्यसको बदलामा कमिसन खाएर अर्को मानिस ल्याउने जस्ता कार्यहरू भई रहेको ।

नियन्त्रण

नेपालीहरू बर्ष दिनमा वा २ बर्षमा एक पटक घर जादा कम्पनीले खाए खा नखाए घिच भन्ने बाध्य बनाई नेपालीहरूलाई नखाउ भने दिन भरिको सिकार खाऊ भने कान्छा बाबुको अनुहार पर्न गएको र चाईना फ़िलिपिन्सको तुलनामा नेपाल अलि टाढा र टिकट शुल्क पनि अलि महगो नै पर्ने भएको हुँदा अन पेडलिभ दिई कम्तिमा २२(२५ दिन सम्म प्रत्येक कम्पनीले दिनु पर्ने आवालाई स्थागत रुपमा उठाउनु पर्ने देखिन्छ ।

नेपालबाट श्रम स्वकृति लिएर आएको र याहा पनि सरकारी स्वकृति काम गर्ने अनुमति भिषा र ब्युलुकार्ड लिएर काम गरेको मानिस कुनै काल गतिले मरेमा मृतकलाई नेपाल सम्म लानको लागी केही कदम सरकारी निकायबाट कुरा गरि पठाउने ब्याबस्था गर्ने, किन भने हाम्रो देशमा कि सास कि लास त परिवार जनले हेर्न पाऊने अधिकारबाट कुनै पनि नेपाली बन्चित नहोस् ।

यसकार्यको लागी सबै गैर आबासिय नेपालीहरू एन आर एन ए आई सि सि सबै राजनितिक भातृ संगठन सबै सामाजिक धार्मिक जात जातिको संघ संस्थाहरू सबै एउटै आवाजमा मकाउ हङकङको माहाबाणिज्य दुत संग समन्वयन गरी समाधान को लागी पहल गरौ ।
समाधान गरौ जय देश जय नेपाल ।